आजको पात्रो : २२ कात्तिक २०७९, मंगलबार । नोभेम्बर महिनाको ८ तारिक २०२२ । कार्तिकशुक्लपक्ष पूर्णिमा तिथि, आज चन्द्रग्रहण लाग्ने भएको छ ।
आज बिहान सूर्योदय ६:१९ मा हुनेछ भने सूर्यास्त ५:१७ मा हुनेछ । बब करण, भरणी नक्षत्र, व्यातिपात योग, चन्द्रमा मेष राशिमा रहेको छ । मंगलबार गणेश र हुनमानको साधनामा लाग्नु उत्तम हुनेछ । पूर्णिमा तिथि र ग्रहण समेत परेको हुनाले आजको दिन ध्यान, तप, योग र साधना गर्दा उत्तम फल प्राप्त हुनेछ । बिहान ११:२६ देखि १२:०९ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समय आजको सबैभन्दा उत्तम समय रहेको छ ।
आज बिहान ८:११ बजेदेखि चन्द्रग्रहणको सुतक समय शुरु हुन्छ । ग्रहण शुरुवात साँझ ५:११ देखि ६:३४ सम्मको समयमा हुनेछ । एक घण्टा २३ मिनेटसम्म ग्रहण समय रहनेछ । आज बिहान ८:११ भन्दा अगाडि नै भोजन गर्नुपर्छ । सुतकको समयमा भोजन निषेध गरिएको छ । बालक, बृद्ध, असक्त र विरामीको लागि दोष लाग्दैन ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मेष राशि भएका जातकका लागि हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । व्यापार व्यवसायबाट पनि लाभ मिल्नेछ । दैनिक उपभोग बाहेक विलासिताको सामान खरिद नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन विशेष साधना गर्नु उत्तम हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – अध्ययन अनुसन्धानमा रुचि बढ्ने छ । अध्यात्म शास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्न सक्छ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने कष्टकर हुनेछ । यात्रा गर्नै पर्ने छ भने पूर्वदिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । आजको दिन जप, ध्यानमा समय खर्चनु होला । आज खर्च हुने संभावना बढी छ ।
मिथुन (क, कि, कु, घ, ङ, छ, के, को, ह) – मिथुन राशिका जातकका लागि आजको दिन निकै शुभ रहेको छ । व्यापार व्यवसायमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने काममा सफलता मिल्नेछ । आज मिथुन राशिका जातकहरुले नयाँ काम गर्न सक्नुहुनेछ । आजको दिन सफलता प्राप्ति हुनेछ । कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला ।
कर्कट (हि, हू, हे, हो, डा, डि, डु, डे, डो) – आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति विरोध गर्नेले सम्मानका शब्द प्रयोग गर्नेछन् । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । पारिवारमा साना साना कुरामा विवाद हुनसक्छ । विवाद हुँदा हानी हुनेछ । आजको विवाद हुने काम नगर्नुहोला । सुख प्राप्त हुने संभावना छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – सिहं राशिका जातकका लागि आजको दिन मौन रहनु हित हुनेछ । घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । विश्वास गरेको मित्रबाट दु:ख र धोका हुनसक्छ । आजको दिन बिहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले उर्जा मिल्नेछ ।
कन्या (टो, प, पी, पू, ष, ण, ठ, पे, पो) – परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । मंगलबार कुनै नयाँ काम शुरुवात र मानसम्मान मिल्न सक्छ । व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ । बाल र बृद्ध व्यक्तिहरुलाई केही खानेकुरा दिनु उत्तम हुनेछ । आजको दिन कष्टदायी छ । मौन रहनु उत्तम हुनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) – दिन त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । त्यसैले आजको दिन सकारात्मक सोच राख्नुहोला । यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी हुनेछैन । आजको दिन महिलाहरुसँग वादविवाद नगर्नुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – व्यापार व्यबसायबाट लाभ हुने देखिन्छ । आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ त्यसैले सोचविचार गरेर काम गर्नुहोला । नयाँ संभावना र सुख प्राप्तिको योग रहेको छ ।
धनु (ये, यो, भा, भी, भु, ध, फा, ढ, भे) – तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा प्राप्त हुनेछ । आज चन्द्रमाको साथ रहेकोल तपाईले सोचेअनुसार काम हुनेछ । अध्ययन अध्यापन, लेखनमा सफलता मिल्नेछ । ब्यापार ब्यबसायमा तपाईको आजको सफलता मिल्नेछ । तपाईलाई परेका अप्ठाराहरुका समाधानका बाटा खुल्दै जानेछ । तपाईको कार्यमा चिन्ता बढ्नेछ ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी) – मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठ मन्दिर दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ । मकर राशिका जातकले हरेक साता मंगलबार गणेशमन्दिरमा दर्शन गर्नाले तपाईको ग्रहदोष कम हुनेछ । आजको दिन ध्यान गर्नु, मौन रहनु होला ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, द) – व्यापार व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । आर्थिक कारोबारमा समस्या हुनसक्छ । त्यसैले आजको दिन विवाद नगरी नियमित काम बाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु वेश हुनेछ । आजको दिन श्रीप्राप्ति हुनेछ ।
मीन (दी, दु, थ, झ, ञ, दे, दो, च, ची) – मीन राशिका जातकका लागि मंगलबार बिहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । सेवामूलक काम गर्नुभयो भने समाजबाट मानसम्मान मिल्नेछ। तपाईको आजको दिन हानी हुने संभावना छ । सर्तक भएर कार्य गर्नु होला ।
प्रतिक्रिया