म्याड्रिड । स्पेनमा एक विवाह भोजमा कारले ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । अधिकारीहरूले तीन संदिग्धलाई हिरासतमा लिएका छन् र चौथो व्यक्तिको खोजी गरिरहेका छन् ।
म्याड्रिडबाट करिब २५ किलोमिटर (१६ माईल) उत्तरपूर्वमा रहेको टोरेजोन डे अर्डोजमा विवाहको आयोजना गरिरहेको रेस्टुरेन्टको अगाडि बिहानै झगडा भएको थियो ।
झगडापछि एउटा कारले विवाहमा आएका पाहुनालाई ठक्कर दिएर भागेको थियो । ‘ घटनास्थलमा पुग्दा चार जना मृत अवस्थामा भेट्टायौं’, म्याड्रिड आपतकालीन सेवाका प्रमुख कार्लोस पोलोले भने ।
घाइते अन्य चार जनालाई उपचारका लागि अस्पताल लगिएको उनले बताए ।
प्रतिक्रिया