Logo

समाचार

काठमाडौं क्षेत्र नं २ मा कुन्ती पोख्रेलको चुनावी अभियान आक्रामक बन्दै


२० कार्तिक २०७९, आइतबार  

437
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आप्mनो चुनावी अभियानलाई तीब्र बनाएको छ । काठमाण्डौ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा ‘हलो’ चुनाव चिन्ह लिएर उम्मेदवार भएकी कुन्ती पोख्रेल यतिबेला चुनावी मैदानमा जुटेकी छिन् । उनी यति बेला क्षेत्र नं २ मा जोडतोडले चुनवि अभियानमा होमिरहेकी छिन । उनले यतिबेला आफूसँग चुनावमा प्रतिस्पर्धा गर्न लायक नेताहरु नभएको बताइरहेकी छिन् । राप्रपाका नेता तथा कार्यकर्ताले यतिबेला सशक्तरुपमा जनताको घरदैलोमा पुुगेर आफ्नो चुनाव प्रचार प्रसारलाई सशक्त बनाइरहेका छन् । मतदाताहरुको स्वस्फूर्त उपस्थितिले योबेला राप्रपा नेता कार्यकर्ताहमा उत्साहपूर्ण वातावरणको माहोल बनिरहेको छ । काठमाण्डौ वडा नं ९ को बत्तीसपुतलीबाट सुुरु भएको मतदाता भेटघाट कार्यक्रमम यतिबेला थली, साँखुहुँदै नाङ्लेभारेतिर विस्तार भइरहेको छ ।

यतिबेला मतदातामा को राम्रो, को सक्षम, कसले कति सामाजिक काम गरेको छ भनेर चर्चापरिचर्चा समेत हुने गरेको छ । उनले एक लाख मानिसहरुलाई रोजागारीका लागि दिएको तालीम तथा सफल उद्यमी व्यवसायी भएकोले पनि यतिबेला युवाहरुप्रति उनको क्रेज बढ्दो रहेको छ । त्यसकारण यो पटक राप्रपाले काठामाण्डौ क्षेत्र नं २ मा चुनाव जितेर इतिहास रच्ने सम्भावना रहेको बताइन्छ ।

यस्तै उनले आममतादातालाई योग्यता क्षमता भएका सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानलाई हेरर मतदातालाई भोट हाल्न अपील गरेकी छिन् । उनले जनताहरु शिक्षित भइसकेका र उनीहरुले कस्तो उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा आफै सचेत हुन्छन् भन्नेबारे आँफुलाई बिश्वास भएको बताएकी छिन् । राजनीतिलाई पेशा बनाउनेहरुले नेपालमा भ्रष्टाचारको खेती गरिहेकोले यो पटक आफैले उद्यमशीलता गरेर राजनीतिलाई समाज सेवाकोरुपमा अर्थात् जनताको सेवा गर्ने उम्मेदवारलाई भोट हाल्न उनले अनुरोध गरेकी छिन् ।

उनले नेपालका चालीस भन्दा बढी जिल्लामा करिव एक लाख महिलाहरुलाई सीपमूलक तालीम दिएर स्वोरोजागर हुने अवसर प्रदान गरेकी थिइन् । हजारौ बालबालिकाको शिक्षा, दिक्षा र रेखदेखका लागि उनले काम गरकी थिइन् । उनी आफैमा उद्यमी हुन् । यतिबेला उनको ‘पोज फेसन’ले नेपालमा नै तयारी पोशाक निर्माण गरी नेपाली उत्पादनलाई हरेक नेपालीको घरसम्म पुुर्‍याउन लागिपरेकी छिन् । यसले तयारी पोेशाकमा नेपाललाई आत्मानिर्भर बनाउने उनको योजना छ । उनी आफू युवा भएकाले नेपालका हजुरबुवा पुस्ताका नेताहरु भन्दा आफू सक्षम भएको बताउछिन् । आज पढेलेखेको उद्यम गरिरहेको, दक्ष अनुुभवि युवाहरुलाई मतदाताले चुुन्ने उनको विश्वास रहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : ५६ बजे