काठमाडौं । काठमाडौं क्षेत्र नं. २ बाट रााष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मदेवार कुन्तीदेवी पोख्रेलले कागेश्वरी मनोहरा वडा नं. ८ का जनतासँग घरदैलो तथा भेटघाट गरेकी छन् । उनले भेटघाट कार्यक्रममा आफू त्यहाँ पुग्दा जनता उत्साहित भएको बताएकी छन् । उनले परिवर्नको लागि जनताले आफूलाई भोट दिने बताएकी हुन् । मतदातासँग भेटघाट गर्दा, ‘तपाईं संसदमा पुगेपछि जति पनि गलत नीतिनियम बनेका छन्, त्यसलाई टेबल ठटाएर रोक्नुहोस्’ भन्ने गरेको पोख्रेल बताउँछिन् ।
एक युवा समाजसेवी भए तापनि देशको र जनताको लागि नीतिनियम बनाउन संसद्मा पुग्नैपर्ने बताउँदै परिवतर्न गर्न आफूसँग अनुभव भएको पोख्रेल बताउँछिन् । शंखरापुरमा कतिपय ठाउँमा अभैm बाटो नपुगेकाले त्यसको जिम्मा आफूले लिने उनले बताइन् । पोख्रेलले युवाहरु ‘दुई छाँक टार्न र बालबच्चा पढाउनकै लागि दुबइ, कतार, मलेसियाजस्ता मुलुक जानुनपरोस् भन्दै आफू सो नीति बनाउने अभियानमा जुटिरहेको बताइन् । उनले बलत्कारी र भ्रष्टहरुलाई जेलमा पालेर राख्दा पनि राष्ट्रको धन खर्च हुनेसमेत बताइन् । कुराकानीमा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट दोब्बर बनाउनुपर्ने पनि बताइन् ।
प्रतिक्रिया