Logo

समाचार

कागेश्वरी मनोहराका मतदाता कुन्तिदेवी पोख्रेलको पक्षमा उर्लिँदै


१८ कार्तिक २०७९, शुक्रबार  

575
Shares

कठमाडौं । काठमाडौं क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य उम्मेदवार कुुन्तीदेवी पोख्रेलले वडा नं ८ स्थित कागेश्वरी मनोहराका मतदातासँग भेटघाट गरेकी छिन् । भेटघाटका क्रममा मतदाताहले अन्यले यस क्षेत्रबाट चुनाव जितेर गएको तर फर्केर नआएको गुनासो गरेका छन् । एक स्थानीय मतदाताले भने, ‘यहाँ कहाँ, कहाँबाट झक्कुुप्रसाद सुुवेदी भोट माग्न आए, हामीले दियौं जिते पनि तर फेरि फर्केर आएनन् । त्यसैगरी माधवकुुमार नेपाल भोट माग्न आए, चुनावपछि मतदाताको पिरमर्का बुझ्न एकपटक पनि फर्केर आएनन् । अब, यो क्षेत्रमा नयाँ अनुहारले चुनाव जित्नुपर्छ ।’

यसैगरी नेताहरुले चुनाव जित्ने अनि फर्केर नआउने हो भने क्षेत्रले फेरि दूूर्गति झेल्नुपर्ने देखिन्छ । भेटघाटका क्रममा पोख्रेलले आफूलाई जनताले जिताएमा यो क्षेत्रका समस्या बुुझ्न समस्या समाधान गर्न तथा नियमित भेटघाटमा आइरहने र आइपरेका काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । यसले पनि काठमाडौं क्षेत्र नं २ मा कुन्ती पोख्रेलको लोकप्रियता बढ्दै गएको देखिन्छ । आममतादाताहरु अपेक्षा गरे भन्दा ठूूलो संख्यामा उनको पक्षमा उमपस्थित भइरेहेका छन् । यी परिदृश्यले यो पटक पोख्रेलको जित सुनिश्चित रहेको मतदाताहरुले बताइरहेका छन् ।

 

 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  २ : १३ बजे