Logo

विशेष

चुनाव पाँच बर्षको पर्व हो, पाहुनाले जनताका कोसेली लिएर आउँछन्



नेपालमा लामो समयको संघर्ष, बलिदान, त्याग तथा तपस्याबाट संघीयता प्राप्त भयो । नेपाली जनताको करिब सात दशक पछी लामो योगदान पछी संविधान जारी भयो । वि.सं.२०७२ असोज ३ गते संविधान जारी भएको थियो । संविधान निर्माण भएसँगै नेपालमा तीन तहका सरकार निर्माण भय ।७५३ वटा स्थानीय तहका सरकार, ७ वटा प्रदेश सरकार र संघ सरकार निर्माण भयो । स्थानीय तहको पहिलो निर्वाचन विभिन्न चरणमा सम्पन्न भयका थिए । स्थानीय तह २०७४ को निर्वाचन बैशाख ३१ गते असार १४ गते र असोज २९ गते भएको थियो भने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर–४ गते सम्पन्न भयको थियो । संघीयता पछीको पहिलो कार्यकालको करिब ५ बर्षपछि दोस्रो चरणको स्थानीय तह सरकारको निर्वाचन २०७९ बैशाख ३० गते ७५३ वटै पालिकामा सम्पन्न भइसकेको छ ।

 

बर्षमा एकपटक आउने पर्वमा आफ्ना आफन्तीहरु आउँछन् र आफ्नो घर फर्कन्छ्न । अहिले विभिन्न दलका नेता तथा कार्यकर्ताहरु पनि त्यस्तै गर्छन् र चुनाव पनि पाँच वर्षमा एकपटक आउने पर्व हो । जसले गर्दा नेताहरु पाँच बर्षपछी जनताका घरमा तिहार मनाउन जान्छन् र फर्कन्छ्न ।

रह्यो अब प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि निर्वाचन २०७९ को मङ्सिर–४ गते हुँदै छ ।चुनाव भय सँगै संघ सरकारले प्रधानमन्त्री, मन्त्री, सांसदहरु तथा प्रदेश सरकारले पनि प्रदेशको मुख्य मन्त्री, मन्त्री प्रदेशका सांसदहरु पाउने छन् ।बर्ष दिनमा एकपटक आइरह्ने पर्व जस्तै चुनाव पनि एक प्रकारको पर्व हो । तर चुनाव पाँच बर्षमा एक दिन आउने पर्वको रूपमा मानिन्छ । चुनाव आउँदा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु जनताका घरमा जान्छ र नमस्कार गर्छन् मलाई भोट दिनु होला, हाम्रो पार्टीलाई भोट दिनु होला, म यो गर्छु, त्यो गर्छु भनेर बोल्छन् । जब चुनाव सकिन्छ तब सबै बिर्सन्छ । ‘चुनाव अगाडि हात जोडेर नमस्कार गर्ने नेता र कार्यकर्ताले चुनावपछी हामीलाई बिर्सन्छन ।’ रोल्पाको परिवर्तन गाउँपालिकाका एक नागरिकले भने । अर्का नागरिकको पनि त्यस्तै गुनासो छ । ‘हामीले भोट दिएर पठाउँछौं तर उहाँहरु आउनु हुन्न जब चुनाव आउँछ तब भोट माग्न आउनु हुन्छ ।’ उनले भने, ‘अहिले त मलाई चुनाव पनि पाँच बर्षमा आउने तिहार जस्तो लाग्छ ।’

बर्षमा एकपटक आउने पर्वमा आफ्ना आफन्तीहरु आउँछन् र आफ्नो घर फर्कन्छ्न । अहिले विभिन्न दलका नेता तथा कार्यकर्ताहरु पनि त्यस्तै गर्छन् र चुनाव पनि पाँच वर्षमा एकपटक आउने पर्व हो जसले गर्दा पाँच बर्षपछी जनताका घरमा तिहार मनाउन जान्छन् र फर्कन्छ्न । बर्षमा एकपटक आउने पर्वमा कुन पाहुनाले के कोसेली ल्यायो त भन्ने मुल्यांकन गरिन्छ भने पाँच बर्षमा एकपटक आउने पर्वमा पाहुनाले पहिले आउँदा के कोसेली ल्याउँछु भनेका थिए, त्यो कोसेली ल्याय कि ल्यायन्न? वाचा कतिको पुरा गर्‍यो ? अबको पाँच बर्षमा के–के कोसेली ल्याएर आउने लगायतका मुख्य एजेन्डा लिएर जनताका घरमा जाने वातावरण बनाइरहेका छन् । चुनावमा आएर बोल्ने त्यो पुरा नगर्ने अहिलेको नेतृत्व पंक्तिमा देखिएको छ ।

‘जनताका प्रत्यक्ष जनजीवीका सँग जोडिएका शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी पानी, विद्युत, रोजगार र सञ्चार आदि मुख्य एजेन्डा लिएर जान्छन् त्यो पूरा गर्दैन्न । जहाँको त्यहीँ जस्तो लाग्छ,’ जिल्लाका नागरिकहरुको गुनासो रहेको छ । राम्रो शिक्षा, राम्रो स्वास्थ्य सेवा, राम्रो यातायात, देशमै रोजगारी सिर्जना गरि युवा पलायनलाई रोक्छौँ भनेर बोलेका कुरा आज पनि उस्तै लाग्छ र बोलेर गएको पनि आज जस्तै लाग्छ, नागरिकहरुको गुनासो छ । चुनावमा आएर बोल्छन् र जान्छन् गएपछि हाम्रो सामु बोलेका सबै प्रतिबद्धता भुल्छन । २०७९ को मङ्सिर–४ गतेको चुनावले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा कस्ता नेतृत्वलाई जनताले आफ्नो अमुल्य मत दिएर निर्वाचित गराउँछन होला? त्यो भने मङ्सिर–४ गते पछी नै थाहा हुनेछ ।

निष्कर्ष : अहिलेको समयको माग अनुसार राम्रो छबि भएका व्यक्ति असल, ईमानदार, सक्षम, योग्य तथा विश्वासिलो व्यक्ति छनोट गरेर निर्वाचित गराउनु नितान्तै आवश्यकता हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ७ : ४३ बजे