रोल्पा । नेपालीहरुको ठूला चार्डपर्वहरु दशैं, तिहार, नेपाल सम्वत तथा छठपर्व सम्पन्न भएसँगै यतिबेला अधिकांश गाउँघरहरु सुनसान बन्दै गएका छन् ।कोही दशैंमा घर आएका थिए त कोही तिहार मनाउन घर आएका थिए । आज भोलि गर्दै चार्डपर्व मनाउन आएका धेरै जसो मानिसहरू आ–आफ्नो गन्तव्यमा फर्कन थालेका छन् । सहरमा कोहीले आफ्नो कर्मथलो बनाएका छन भने कसैले जन्मथलो/चार्डपर्वमा आफ्नो इष्टमित्र, छरछिमेकीहरुलाई भेटघाट गर्ने समय पनि हो ।
विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थामा कार्यरत कर्मचारीहरु पनि फुर्सद तथा बिदा पाउने गर्दछ्न । साथै सोही अवसर पारेर गाउँ घरमा आउने गर्छन् र चार्डपर्व सकाएर आफ्नो गन्तव्यमा फर्कने गर्छन् । अहिले गाउँ घरहरू विस्तारै सुनसान बन्न थालेका छन् । दशैं आउनु केहि दिन अगाडि गाउँमा मानिसका चहलपहल राम्रो थियो र गाउँमा रमाइलो पनि थियो । तिहार सकिएसँगै आ–आफ्नो गन्तव्यमा फर्किन थालेपछि गाउँ घरनै सुनसान बन्दै गएको रोल्पा परिवर्तन गाउँपालिकाका प्रकाश मगरको भनाइ छ । ‘देशका विभिन्न सहरमा आफ्नो कर्मथलो बनाएका उद्योगी, व्यापारी, कर्मचारी तथा विद्यार्थी लगायत सबै आफ्नो गन्तव्यमा फर्कन थालेको पछी गाउँघर अहिले सुनसान जस्तो थियो र तिहारमा देउसी भैलोको आवाजले भरिपूर्ण गाउँ आज भोलि शून्य जस्तो छ । गाउँका कोही युवाहरु बेरोजगारी, चेतनाको कमीले खाडी मुलुकमा गएका छन् त यहीँ भएका केही युवाहरु राम्रो अध्ययनको शिलशिलामा शहर केन्द्रित भएका छन ।’ पुनले भने, ‘जब ठुलाठुला चर्डपर्व आउँछन् तब गाउँघरमा आउँछन् र चर्डपर्व सकिएपछी जान्छन् गाउँघरनै सुनसान हुन्छन् ।’
३ दिन अगाडि मात्र शहिदमार्गमा चल्ने बसको उक्त फोटोले पनि यो पुष्टि गर्छ कि आफ्नो गन्तव्यमा फर्कन र पुग्नको लागि गाडीको सिट नहुँदा हुँदै पनि कोचाकोच र छतमा यात्रुहरु चढेको दृश्य देखिएको थियो । त्यो फोटोले के पुष्टि गर्थ्यो भन्दा गाडीको क्षमता भन्दा बढी यात्रु राखेको दिखिन्थ्यो । हुन् त यो समय गाडी चालक तथा गाडी धनीले अरु समय भन्दा अलि धेरै यात्रु पाउने समय हो उनीहरूलाई केही आर्थिक फाइदाको लागि क्षमता भन्दा बढी यात्रुहरु राख्छन् ।
त्यस्तै यात्रुलाई पनि जसोतसो गन्तव्य सम्म पुग्नु आवश्यकता हो जस्तो लाग्छ र गाडीमा चढ्ने गर्दछ्न यात्रु । जसले गर्दा क्षमता भन्दा बढी यात्रु राख्नुको कारण न त चालकलाई थाहा हुन्छ । तर यात्रुलाई थाहा हुँदैन । चालकलाई कारण थाहा हुँदा पनि के मात्र आकलन गर्न सकिन्छ भन्दा एक/दुई सय रुपियाँ बढी आउँछ भन्ने आशा हुन्छ । यात्रुलाई भने म मेरो गन्तव्यमा पुगौं भन्ने मात्र थाहा हुने, रोल्पा माडी गाउँपालिकाका विजय रानाको भनाइ रहेको छ । राणाले भने ‘मैले शहरको तुलनामा र ग्रामिण सडकको तुलनामा धेरै फरक पाएको छु, शहरमा गाडीका छतमा यात्रु नराखेपनी भित्र सिट पूरा हुँदा यात्रुले उभिएर यात्रा गरिरहेका हुन्छन् । ग्रामीण सडकमा झन् अचम्म छ । जहाँ यात्रु भेटिन्छ त्यहीँ नीर राख्ने, प्रहरीको चेकपोष्ट आउन लाग्यो भने छतबाट ओरालेर अगाडि पठाउने र नदेख्दा खेरि फेरि सिट भन्दा धेरै कोचाकोच गराएर राख्ने तथा छतमा राख्ने गरिन्छ । मैले पनि धेरै यात्रा यसरी गरेको छु ।’
राणका अनुसार ग्रामीण सडकमा यात्रु पाउँनको लागि तछाड मछाड गर्छन् । न त सडकमा प्रहरी नै हुन्छ न त ट्राफिक नै हुन्छन् । ग्रामीण सडक खण्डमा प्रहरी चेकपोष्ट पनि धेरै टाढा–टाढा रहेको पाइन्छ ।नेपालमा सवारी साधनको कानुन फितलो हुनुले पनि पछिल्लो समयमा दुर्घटना बढ्न थालेको जानकारहरु बताउँछन् । लाहपर्वाही गरि सवारी साधन चलाउने दोषीलाई कडा कार्वाही नहुनू पनि अर्को मुख्य कारण हो । त्यस्तै यात्रा गर्दा यात्रुहरू पनि चनाखो हुन जरुरी छ ।
प्रतिक्रिया