काठमाडौं । आईसिसी पुरुष टी–२० क्रिकेट विश्वकपअन्तर्गत मंगलबार दुई खेल हुँदैछन् ।
पहिलो खेलमा विहान सवा नौ बजे अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल ब्रिस्वानमा हुनेछ । सुपर १२ अन्तर्गत समूह एक मा दुबै टोली पुछारमा छन् । दुबै टोलीको सेमिफाइनल सम्भावना निकै कमजोर बनेको छ ।
समान तीन खेल खेलको श्रीलंका २ अंक सहित पाँचौ र अफगानिस्तान पुछार तथा छैटौं स्थानमा छ ।
दोस्रो खेलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड दिउसो पौने दुई बजे आमुनेसामुने हुनेछन् । दुई टोलीबीच सेमिफाइनल स्थान बनाउने निकै प्रतिस्पर्धा हुनेछ । जारी समूह एक को खेलमा न्युजिल्यान्ड पाँच अंक सहित शीर्षस्थानमा छ । इंग्ल्यान्ड तीन अंकसहित तेस्रो स्थानमा छ ।
आजको जितले न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बढ्नेछ । हारले भने इंग्ल्यान्ड निकै कठिन मोडमा पुग्नेछ । एक खेल बढि खेलेको अस्ट्रेलिया पाँच अंक सहित दोस्रो स्थानमा छ । आज इंग्ल्यान्डले जितेको खण्डमा समूह एक को सेमिफाइनल समिकरण निकै रोचक बन्नेछ ।
प्रतिक्रिया