Logo

समाचार

अर्घाखाँचीमा भएकाे माेटरसाईकल दुर्घटनामा दुई जनाकाे मृत्यु


११ कार्तिक २०७९, शुक्रबार  

299
Shares

सन्धीखर्च । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा निर्माणाधिन विमानस्थलनजिकै मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा२ जना घाइते भएका छन् ।

सन्धिखर्क नगरपालिका वडा नं १० शिखरबार्नीमा निर्माणाधीन विमानस्थलको रनवेमा मोटरसाइकल चलाउने क्रममा गए राति अनियन्त्रित भई दुई मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

प्रदेश नम्बर २-०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका – १ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए ।

अर्को बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन् । घाइतेको बुटवलमा रहेको मर्सिसिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीको भनाइ छ । मोटरसाइकल ओभर स्पिडका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालले जानकारी दिए ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  १० : ३४ बजे