Logo

विश्व

बंगलदेशमा आँधी: हराइरहेका आठ जनाको शव फेला


११ कार्तिक २०७९, शुक्रबार  

437
Shares

ढाका । उद्दारकर्ताले बंगलादेशको चट्टोग्राम जिल्लाको तटबाट दक्षिणपूर्वमा सित्राङ चक्रवातमा परेर हराइरहेका आठ जना मजदुरको शव फेला परेको छ । योसँगै आँधी र आँधीपछिको वर्षाका कारण हालसम्म ३४ जनाको मृत्यु भएको छ ।

सोमबार आएको चक्रवातका समयमा उनीहरूलाई सुरक्षित स्थानमा फर्कन आह्वान गरिए पनि फर्किएका थिएनन् । माछामार्न गएका समयमा उनीहरु सवार डुंगा चक्रवातका कारण डुबेको थियो ।

तटीय क्षेत्रका धेरै स्थानमा घर, बाली र भौतिक पूर्वाधारमा क्षति भएको तथा अधिकांशको मृत्यु रूखहरू ढलेर भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : ५४ बजे