Logo

अर्थ

ग्लोबल आइएमई बैंकले घोषणा गर्‍यो १३.६ प्रतिशत लाभांश



काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८–७९ को कमाइबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंक संचालक समितिको आइतबारको बैठकले आर्थिक वर्ष २०७८–७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव भएको हो । जसमा बोनश सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैँया छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ११ : ३० बजे