Logo

अर्थ

प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार



काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ । यससँगै सूचक १८७१.०९ विन्दुमा आएको छ ।

दुई लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १४ कम्पनीको ५८३ कित्ता सेयर खरिदबिक्री भएको छ । ११ कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ११ : ०४ बजे