Logo

समाचार

चितवनको जुस कारखानामा आगलागी


२८ आश्विन २०७९, शुक्रबार  

253
Shares

भरतपुर । रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ ।

आज बिहान ५ बजेदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन नसकेको स्थानियले बताएका छन ।

आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरेर आगो नियन्त्रणको प्रयास भईरहेको छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ८ : ३३ बजे