काठमाडौं । पाकिस्तानले बुधबार पाँचौ टी–२० खेलमा इङल्यान्डमाथि ६ रनको जित निकालेको छ । जितसँगै पाकिस्तानले सात खेलको शृखलामा ३–२ को अग्रता लिएको हो ।
पाकिस्तानले प्रस्तुत गरेको एक सय ४६ रनको लक्ष्य पछ्याएको इङल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३९ रन मात्र बनाउन सक्यो ।
इङल्यान्डका मोइन अलीले ३१ बलमा दुई चौका र चार छक्का मद्दतमा अविजित ५१ रन जोडे । डेविड मलानले ३६ रन जोडे ।
पाकिस्तानका हरिस रौफले दुई तथा जमाल,अहमेद, सडाब खान,मोहम्मद नवाज र मोहम्मद नासिमले समान एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङका लागि आएको पाकिस्तानले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय ४५ रनको योगफल तयार गरेको थियो ।
पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ४६ बलमा तीन चौका र तीन छक्का मद्दतमा ६३ रन जोडे । इफ्तिखार अहमेदले १५ रन जोडे ।
इङल्यान्डका मार्क उडले तीन, साम कुरान र डेविड वेल्लीले समान दुई तथा क्रिस ओक्सले एक विकेट लिए ।
प्रतिक्रिया