Logo

समाचार

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु


७ आश्विन २०७९, शुक्रबार  

322
Shares

काठमाडौं  । कैलालीको धनगढी उपमहानगरपालिका– १६ उल्टापानीमा गएराती ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय हरी प्रसाद चौधरी रहेका छन् ।

धनगढीबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रयाक्टर गएराती साढे ९ बजे अनियन्त्रित भइ नालामा पल्टिएको थियो ।

चालक चौधरीको घटनास्थलमै मृत्यु भएको अस्थाई प्रहरी पोष्ट बेहडाबा कैलालीले जनाएको छ ।

गोरखामा ट्रयाक्टर भिरबाट खस्दा चालकको मृत्यु

गोरखाको अजिरकोट गाउँपालिका–२ वालाङमा गएराती ट्रयाक्टर अनियन्त्रीत भई भिरमा खस्दा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरान्चोक–४ छोप्राकका २७ बर्षीय बिक्रम श्रेष्ठ रहेका छन् ।

गएराती साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्रयाक्टर अनियन्त्रीत भई दुर्घटना भएको प्रहरी चौकी भच्छेकले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १० : २४ बजे