Logo

समाचार

पाल्पामा दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जना घाइते



पाल्पा । पाल्पाको रामपुर नगरपालिका–८ गैरीखेतमा हिजो दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन ।

कालिगण्डकी करिडोर सडकमा बिजयपुरबाट भुजात तर्फ जादै गरेको लु २९ प ३८२७ र विपरित दिशाबाट आउदै गरेको लु २१ प ५९२८ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा ३८२७ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर नगरपालिका–८ का ३४ बर्षीय यम बहादुर साठीघरे, सोही मोटरसाइकलमा पछाडी सवार रामपुर–१० का २९ बर्षीय जय बहादुर परियार र ५९२८ नम्बरको मोटरसाइकल चालक रामपुर–५ का २१ बर्षीय बिष्णु माझी रहेका छन् ।

घाइतेहरुको रामपुर अस्पतालमा उपचार भइरहेको छ ।

हिजो बेलुकी पौने ७ बजे भएको सवारी दुर्घटनामा घाइते मध्ये बिष्णु र जयको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १० : ५२ बजे