Logo

समाचार

सुनौलीबाट स्रोत नखुलेको ७२ लाख रकमसहित युवक पक्राउ



काठमाडौं । रुपन्देहीको सीमा क्षेत्र सुनौलीबाट स्रोत नखुलेको ७२ लाख रकमसहित भैरहवाका एक युवक पक्राउ परेका छन् ।

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित सिद्धार्थनगर नगरपालिका दया पथ बस्ने ३८ वर्षका सुभाष सुनार पक्राउ परेका हुन् ।

सुनारको साथबाट नगद नेपाली रुपैया ७२ लाख ८० हजार बरामद गरिएको सुनौली प्रहरी चौकी इन्चार्ज दुर्गेशकुमार सिंहले जानकारी दिए । सोमबार नेपाली गाडीमा नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको संयुक्त चेकजाँचमा स्रोत नखुलेको नगद सहित सुनार पक्राउ परेका हुन् ।

 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ८ : ०३ बजे