Logo

समाचार

अमेरीकाको न्यू योर्कमा ‘राप्ती सेवा समाज न्यू योर्क’ गठन, अध्यक्षमा केशव बस्नेत



काठमाडौं । संयुक्त राज्य अमेरीकाको न्यू योर्कमा ‘राप्ती सेवा समाज न्यू योर्क’ गठन गरिएको छ । अमेरीमा रहेका नेपालीहरुको सहभागितामा बुधबार ११ सदस्य नयाँ कार्यसमिति गठन गरिएको हो ।

अमेरीकामा पुगेपछि नेपालीले पाउनु परेको समस्याको अन्तय गर्न र आपसी एकताको भावनात्मक कायम गर्ने उद्धेश्यका साथ केशव बस्नेतको अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो ।

जसको उपाध्यक्षमा ठाकुर प्रसाद खनाल, सचिबमा जुद्ध वली, सहसचिवमा चन्द्र बहादुर वली र कोषाध्यक्षमा कृष्ण रेउले रहेका छन् । यस्तै समाजको सदस्यमा सम्भु विस्ट, बिनय धिताल, तुल्सीराम वली, टिका डिसी, शोभा बिस्ट र श्रीजना बिसी रहेका छन् ।

यस्तै समाजको सल्हाकारमा यम अधिकारी, प्रकाश रावत, बिर बहादुर बोहरा लगाएत अग्रज व्यक्तीत्वहरु रहेका छन् । साथै उक्त भेलाले राप्ती सेवा समाज अमेरीकाको न्यू योर्कमा संस्था दर्ताको प्रकृया अगाडी बढाएको सहसचिब चन्द्र वलीले जानकरी दिए । उनले यस समाजले अमेरीकामा आउने नयाँ प्रवेशी लगाएत दु:ख, अप्ठ्यारोमा परेका नेपालीलाई निस्वार्थ रुपमा सहयोग गर्ने बताए । साथै अन्य नेपालीहरुलाई पनि यस संस्थामा जोडीन उनको आग्रह छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ८ : ३९ बजे