Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२७ रुपैयाँ ४४ पैसा र बिक्री दर १२८ रुपैयाँ ०४ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ५९ पैसा र बिक्री दर १२७ रुपैयाँ १८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ ६५ पैसा र बिक्री दर १४८ रुपैयाँ ३४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७९ पैसा र बिक्री दर ३४ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ६ : ४७ बजे