Logo

समाचार

बैतडी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि क्यानका अध्यक्ष चन्दको नाम सिफारिस



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द बैतडी – १ का लागि नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् । कांग्रेस जिल्ला समितिले चन्दलगायत ९ जनाको नाम प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेको छ । उनी नेपाली कांग्रेस बैतडीका जिल्ला सभापतिसमेत हुन् ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा चन्दसँगै पूर्व राज्यमन्त्री नरबहादुर चन्द, पूर्व सांसाद विनयध्वज चन्द, पूर्व जिल्लासभापति शिवराज भट्ट, पूर्व कार्यकारी सभापति प्रकाशसिंह ठकुन्ना, महासमिति सदस्य दिनेश भट्ट, महाधिवेशन प्रतिनिभि सुरेन्द्र ऐर तथा महासचिव सदस्य तथा पूर्व राज्यमन्त्री केशबबहादुर चन्द लगायतलाई सिफारिस गरिएको छ ।

२०७४ सालको निर्वाचनमा बैतडीबाट नेकपा एमालेका दामोदर भण्डारीले जितेका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  १० : ०२ बजे