Logo

अर्थ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२७ रुपैयाँ ४६ पैसा र बिक्री दर १२८ रुपैयाँ ०८ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ६७ पैसा र बिक्री दर १२७ रुपैयाँ २७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ७३ पैसा र बिक्री दर १४७ रुपैयाँ ४२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७० पैसा र बिक्री दर ३४ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ६ : ३२ बजे