Logo

कर्णाली प्रदेश

ब्लास्ट रोग बर्बाद हुँदै जुम्लाको मार्सी धानबाली



जुम्ला। नेपालको सर्वाधिक अग्लो स्थानमा उत्पादन हुने जुम्लाको मार्सी धानबालि ब्लास्ट रोगले बर्बाद बन्ने अवस्थामा पुगेको छ । जुम्लाको तातोपानी गाउँपालिका(४ को गौतमवाडामा रहेको धानको ज्युलोको धानबाली ब्लास्ट रोगले सखाप भएको छ । रोग लागेपछि यहाँका किसानलाई बाँकी बालि कसरी जोगाउने भन्ने चिन्तामा छन् । यहाँ असारमा धान रोपिएको हो ।

धानमा ब्लास्ट रोग लागेपछि किसानहरू कृषि विकास कार्यालय जुम्लामा औषधि खोज्दै पुगेको स्थानीय भावना उपाध्यायले बताइन् । उनले भनिन ‘पाँच जनाको धान खेतमा बढी नै समस्या देखिएको छ । सबैले कालीमार्सी धान लगाएका थिए ।

तातोपानीकै अर्की किसान जानकी गौतमले धानको गुबो खुइलिएर खैरो, सेतो हुँदै बोट नै मर्ने गरेको दु:खेसो गरिन । उनले भनिन्,हाम्रो पहिचान बनेको मुख्य धानबाली नै हो । यसको उपचार नभए परिश्रम नै खेर जाने पक्का छ। ’

यता, कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीले प्राविधिकहरू धान खेतमै पुगेर निरीक्षण गरेको र किसानलाई परामर्श दिएको बताए ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ४ : ०४ बजे