Logo

समाचार

नारायणी नदीमा हाम फाल्नेको खोजी कार्य जारी



चितवन । चितवनस्थित नारायणी नदीको पुलवाट एक पुरुषले नदीमा हामफालेका छन् ।

आइतबार साँझ स्कुटरमा सवार पुरुष नारायणी नदीमा हाम फालेका हुन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीका अनुसार हाम फालेका पुरुषको खोजी भईरहेको छ ।

पुरुषले नदीमा हामफालेको सूचनापछि उनको खोजीका लागि उद्धारकर्मीहरु परिचालन गरिएको छ। तर, आइतवार साँझसम्म फेला नपरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ८ : १५ बजे