Logo

अर्थ

राधी विद्युत् कम्पनीका हकप्रद सेयर दाबी गर्ने आज अन्तिम मौका


१० भाद्र २०७९, शुक्रबार  

253
Shares

काठमाडौं । राधी विद्युत कम्पनीको १४७ प्रतिशत हकप्रद सेयर दाबी गर्नका लागि सेयरधनी बन्ने १० भदौ अन्तिम दिन रहेको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि १२ भदौमा बुक क्लोज गर्दैछ । अर्थात ११ भदौसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सकिने भए पनि ११ भदौ शनिबार परेका सेयर कारोबार हुँदैन ।

यसर्थ, आज १० भदौसम्म सेयर खरिद गर्नेले मात्र राधीको हकप्रद दाबी गर्न सक्नेछन् । यस कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार ९०० रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर जारी गर्नेछ ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ भन्दा बढी रहेको छ । हकप्रद बिक्रीपछि पुँजी करिब १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ११ : १२ बजे