Logo

खेलकुद

६ गोल भएको खेलमा बार्सिलोना र सिटीको बराबरी



काठमाडौं । रियाल महारेजले इन्जुरी समयमा गरेको पेनाल्टी गोलमा म्यानचेस्टर सिटीले बुधबार मैत्रीपूर्ण खेलमा बार्सिलोनासँग हारको संकट टारेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सम्पन्न खेलमा सिटीले ३–३ को बराबरी खेलेको हो ।

२१औं मिनेटमा जुलियान अल्भारेजले गरेको गोलमा सिटीले अग्रता लिएको थियो । त्यसको आठ मिनेटपछि नै पियरी इमरिक औबामयाङको गोलमा बार्सिलोना खेलमा फर्किएको थियो ।

६६औं मिनेटमा फ्रयांकी डी जोङले बार्सिलोनालाई अग्रता दिलाए । ७०औं मिनेटमा कोल पाल्मरले सिटीलाई खेलमा फर्काए ।

७९औं मिनेटमा मेम्फिस डिपेको गोलमा भने बार्सिलोनाले सिटीमाथि रोमाञ्चक जित निकाल्ने संकेत गरेको थियो । तर इन्जुरी समयको नवौ मिनेटमा महारेजले पेनाल्टीको सदुपयोग गर्दा बार्सिलोना निराश बनेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ८ : ४४ बजे