Logo

समाचार

नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको सभापतिमा डोटेल निर्वाचित



काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाको सभापतिमा श्यामकाजी डोटेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न शाखाको ४२औँ अधिवेशनबाट डोटेल निर्वाचित भएका हुन् । यस अगाडि शाखाको मन्त्री रहेका डोटेलले ६९ मत प्राप्त गरेका थिए ।

नवनिर्वाचित सभापति डोटेलको निकटतम् प्रतिस्पर्धी लबराज श्रेष्ठले ३४ मत प्राप्त गरेको निर्वाचन अधिकारी एवं नेरेसो भक्तपुरका शाखाको मन्त्री पर्शुराम पाण्डेले जानकारी दिए ।

यसैगरी शाखाको उपसभापतिद्वयमा विष्णुमान मानन्धर, अञ्जना श्रेष्ठ मास्के, मन्त्रीमा बृदिमान शाक्य, कोषाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, उपमन्त्रीमा सुनिलकुमार श्रेष्ठ, उपकोषाध्यक्षमा नवराज भण्डारी निर्वाचित भएका छन् ।

यसैगरी सदस्यमा पुष्कर चालिसे, श्यामलाल तण्डुकार, अमृतनारायण मानन्धर, विदुर भट्टराई, राजेन्द्र बाँनिया, लक्ष्मीप्रसाद कुइँकेल, राजेन्द्रप्रसाद श्रेष्ठ, प्रतिक्षा खरेल, मञ्जु पाण्डे र सब्बरानी महर्जन चयन भएका छन् ।

निर्वाचनमा जिल्ला शाखाअन्तर्गतका १८ उपशाखामध्ये १७ ले नवनिर्वाचित कार्यसमितिमा प्रतिनिधित्व गरेका छन् । काठमाडौँ जिल्ला शाखाको निर्वाचन नेरेसोको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उदाहरण बन्न सक्ने सभापति डोटेलले बताए । शाखाले पछिल्लो समय कोभिड–१९ विरुद्धको खोप लगाउन सरकारलाई सहजीकरण गरिरहेको छ ।

साथै सहरी विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य, रक्तसञ्चार सेवा, प्राथमिक उपचार सेवालगायत मानवीय सेवाका कार्यक्रम शाखाले सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ११ : १० बजे