Logo

अर्थ

बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो


२६ श्रावण २०७९, बिहिबार  

161
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ५ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ तोकिएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० र तेजाबी सुनको मूल्य ९६ हजार ४०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला १ हजार २३० रुपैयाँ रहेको चाँदीको मूल्य आज १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  १२ : २३ बजे