Logo

Breaking News 1

नर्भिकको अवैधानिक संरचना भत्काउन दलबलसहित पुगेका मेयर बालेन संरचना हटाउन थप समय दिएर फर्किए


२४ श्रावण २०७९, मंगलबार  

552
Shares

काठमाडौं । नर्भिक अस्पतालले अवैधानिक रूपमा बनाएको भवन हटाउन पुगेको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह’बालेन’को टोली अल्टिमेटम दिएर फर्केको छ ।

अस्पतालले संरचना हटाउनका लागि थप समय मागेपछि मेयर शाहसहितको टोली थप समय दिएर फर्किएको हो ।

सोमबार २४ घन्टा भित्र संरचना हटाउन महानगरले निर्देशन दिएको थियो। सोही अनुसार मेयर बालेन्द्र आफैं नर्भिक पुगेका थिए।

महानगर र अस्पतालको प्राविधिकहरूले संयुक्त रूपमा निरीक्षण गरेपछि संरचना हटाउन वा नक्सा पास गर्नका लागि समय दिने सहमति भएको छ ।

सरकारको भाडामा दिएको जग्गामा अहिले क्यान्टिन, अक्सिजन प्लान्ट, एमआरआई मेसिन भएको र उक्त संरचना तत्काल हटाउँदा बिरामीलाई समेत समस्या पर्ने देखिएकाले समय थप गर्न माग गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ३ : ०४ बजे