Logo

समाचार

गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौं । गुल्मीको रेसुङगा नगरपालिका-१० काभ्रेपैरोमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मीकै गुल्मीदरबार गाउँपालिका-३ गौडाकोटका ३८ वर्षीय रण बहादुर ढेगा रहेका छन् ।

अचानक सडक भासिएर राङबासबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १८६६ नम्बरको ट्रक अन्दाजी ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

चालक ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  २ : ५० बजे