Logo

Breaking News 1

‘न्यायालय निकम्मा भएको छ, महाअभियोगको छिटो छिनोफानो होस्’: सांसद महेश बस्नेत



काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले अहिले न्यायालय निकम्मा भएको टिप्पणी गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बस्नेतले न्यायालयमा भ्रष्टाचारका कुराहरुसमेत आएको भन्दै प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोग छिटो टुंग्याउनुपर्नेमा जोड दिए ।

महाअभियोग दर्तापछि अहिलेसम्म प्रस्ताव अल्झाएर राखेको भन्दै उनले असन्तुष्टिसमेत व्यक्त गरे ।

महाअभियोग प्रस्तावलाई छिटो छिनोफानो गरे सत्ता गठबन्धनको इज्जत पनि बच्ने उनको भनाई रहेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १ : ३१ बजे