Logo

Breaking News 1

बाबुराम भट्टराईको नयाँ पार्टी नेसपाको पहिलो बैठक बस्दै



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नेसपा) को पहिलो बैठक आज बस्दैछ।

पार्टीका नेता विश्वदीप पाण्डेका अनुसार शनिबार काठमाडौंमा हुने बैठकमा विविध एजेण्डामाथि छलफल हुनेछ ।

निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी अद्यावधिक गरे पनि यो पार्टीले अध्यक्षलगायत केन्द्रीय समिति अद्यावधिक गराउन बाँकी नै छ। आजको बैठकले केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीबारे निर्णय लिएर नेता तथा कार्यकर्ताहरूको कार्यविभाजनको निर्णय गर्ने पार्टीले जनाएको छ ।

आगामी मंसिर ४ गते हुने आम निर्वाचन बारे पसन बैठकमा छलफल हुने बताइएको छ।

यसैबीच सत्ता गठबन्धनमा रहेका पाँच दलले शुक्रबार आगामी मंसिर ४ मा हुने निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन्। तर, नेसपाले भने अहिलेसम्म चुनावमा कुन दलसँग गठबन्धन गरेर जाने ? भन्ने बिषयमा कुनै निर्णय लिएको छैन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पहिलो पटक विघटन गरेदेखि नै भट्टराई पाँच दलीय अहिलेको गठबन्धनसँग नजिक छन्।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ११ : ०९ बजे