Logo

समाचार

तेह्रथुममा १३ वर्षीया बालिका बलात्कृत


२० श्रावण २०७९, शुक्रबार  

805
Shares

काठमाडौं । तेह्रथुममा एक १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले छथर गाउँपालिका-२ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपालीलाई बिहीबार पक्राउ गरेको छ ।

नेपालीले ती बालिकालाई ललाई फकाई साउन १२ गते दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १२ : ४१ बजे