Logo

समाचार

परराष्ट्रमन्त्री खड्काले साउन २४ देखि २६ गतेसम्म चीनको भ्रमण गर्ने


२० श्रावण २०७९, शुक्रबार  

161
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले यही साउन २४ गतेदेखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा परराष्ट्रमन्त्री डा खड्काले चीनको तीन दिने भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका बेला दुई देशका विदेशमन्त्रीको नेतृत्वमा द्विपक्षीय बैठक बस्नेछ । बैठक साउन २५ गते चिनियाँ विदेश मन्त्रालयमा हुने परराष्ट्रले जनाएको छ ।

डा. खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रीभोजको आयोजना गर्नेछन् ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १२ : २७ बजे