Logo

Breaking News 1

ताइवानको सीमा क्षेत्रमा चीनद्वारा क्षेप्यास्त्र प्रहार


१९ श्रावण २०७९, बिहिबार  

736
Shares

काठमाडौं । चीनले ताइवानको सीमा क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण सके लगत्तै चीनले ताइवान नजिकैको समुन्द्रमा क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

पेलोसीलाई ताइवानको भ्रमण नगर्न चीनले चेतावनी दिएपनि उनले मंगलवार र बुधवार ताइवानको भ्रमण गरेकी थिइन् । चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग मान्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र देश मान्ने गरेको छ ।

बिहिबार चीनले गरेको सैन्य तथा मिसाइल प्रक्षेपणको अभ्यास अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको बीबीसीले जनाएको छ ।

यसैगरी, ताइवानले पनि चीनले समुन्द्रमा धेरै व्यालेस्टिक मिसाइलहरु प्रक्षेपण गरेको जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ३ : ०१ बजे