Logo

अर्थ

बिहीबार बढ्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?


१९ श्रावण २०७९, बिहिबार  

253
Shares

काठमाडौं । साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन नेपाली बजारमा प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, तेजाबी सुन आज ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी आज स्थिर रहेको छ । बुधबार प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  २ : ०४ बजे