Logo

समाचार

दाङमा ट्रयाक्टरबाट खसेर एक जना किशोरको मृत्यु


१९ श्रावण २०७९, बिहिबार  

161
Shares

काठमाडौं । दाङको लमही नगरपालिका-६ देउपुरमा आज बिहान ट्रयाक्टरबाट खसेर एक जना किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १५ वर्षीय सुशान चौधरी रहेका छन् ।

ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु ४ त ८१०६ नम्बरको ट्रयाक्टरमा सवार उनी आज बिहान ६ बजे ट्रयाक्टरबाट खसेका हुन् ।

ट्रयाक्टर सहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  १० : ५२ बजे