Logo

Breaking News 1

म्याग्दी पहिरो: थप तीन जनाको शव भेटियो, मृत्यु हुने पाँचै जना एकै परिवारका (अपडेट)


१७ श्रावण २०७९, मंगलबार  

0
Shares

काठमाडौं । म्याग्दीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

मालिका गाउँपालिका-२ रुमको तामेङमा पहिरोले दुई घर पुर्दा मृत्यु भएका थप तीन जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।

मंगलबार विहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर पुर्दा उनीहरुको मृत्यु भएको हो । मृतक पाँचैजना एकै परिवारका हुन् ।

पहिरोमा पुरिएको अवस्थामा विहान नविन र रुजन विकको शव फेला परेको थियो भने अहिले थप घामबहादुर, राजु र रोजीको शव पनि फेला परेको हो ।

घाइते दुई जनालाई उद्वार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १ : ४२ बजे