Logo

समाचार

अवैध लागूऔषधसहित पाँचजना पक्राउ


१७ श्रावण २०७९, मंगलबार  

184
Shares

काठमाडौं । मकवानपुर, बर्दिया र मोरङबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ सोल्टी चोक बस्ने २५ वर्षीय अमित तामाङलाई नियन्त्रित लागुऔषध वनरेक्स ४८ बोतलसहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी पदमपोखरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका-८ सितलाबजार खल्ला खेतबाट करिब ५ सय ५० मिलिग्राम ब्राउनसुगरसहित मधुवन नगरपालिका-५ बस्ने २६ वर्षीय किरण वंशी मगर लगायत ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको जहदा गाउँपालिका-२ हरीनगराबाट करिब ३६ किलोग्राम अवैध लागुऔषध गाँजा सहित सोही ठाउँ बस्ने २५ वर्षीय मुकेश गुरूङलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई नेपालबाट भारततर्फ उक्त लागुऔषध लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १२ : ४७ बजे