Logo

अर्थ

बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक हजारले घटेको हो । महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला ९३ हजारमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन तोलामा ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा १० रुपैँयाले घटेको छ ।

चाँदी आज तेलामा ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ११ : २३ बजे