काठमाडौं । काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा लेदोसहितको फोहोरा निस्किएको छ ।
स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहितको पानीको फोहोरा निस्किएको हो । फोहोरा वरिपरिका घरहरुभन्दा माथिसम्म पुगेको प्रहरीले जानकारी दिएको छ ।
फोहोरा अहिले पनि निरन्तर निस्किरहेको छ । प्रहरीले खानी विभागलाई खबर गरेको छ ।
खानी विभागका अधिकारीहरुले उक्त ठाउँमा पुगेर अध्ययन गर्ने बताइएको छ ।
प्रतिक्रिया