Logo

मुख्य समाचार

गभर्नर अधिकारीविरुद्वको नेविसंघ र अखिल क्रान्तिकारीको प्रदर्शनमा प्रहरी हस्तक्षेप (तस्विरसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्वको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

आइतबार बिहान नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको संयुक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

गभर्नर अधिकारीको राजीनामा माग गर्दै नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक अगाडि प्रदर्शन गरेका हुन् ।

केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको धरपकडमा केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् ।

नेकपा एमालेको अर्थ विभागमा एम अधिकारी नाम आएपछि गभर्नर अधिकारी विवादमा तानिएका छन् । विद्यार्थीहरुले गभर्नर अधिकारीले शैक्षिक योग्यतासमेत ढाँटेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ११ : २१ बजे