काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले सर्बोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाई आज पनि भएन । उनले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्तिको बिरोध गर्दै मुद्दा हालेका थिए ।
आइतबारका लागि पेसी तोकिएको सो मुद्दा आइतबार सार्वजनिक बिदा परेका कारण सोमबारका लागि सुनुवाइमा राखिएको थियो । ‘हेर्दाहेर्दै’ मा रहँदै आएको सो मुद्दामा सोमबार प्रतिवादीतर्फका कानुन व्यवसायी नआएका कारण सुनुवाइ हुन नसकेको हो । सर्वोच्च अदालतले सो मुद्दा अब शुक्रबार सुनुवाइ हुने गरी ‘हेर्दाहेर्दै’ मा राखेको छ ।
संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको छ । वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
आईजीपी धिरज प्रताप सिंह तर्फका कानुन व्यवसायी र सरकारी वकिलको बहस सकिएको छ । आईजीपी विवादसँगै लगाउमा राखिएको एआईजी बढुवा विरुद्धको रिटको सुनुवाइ पनि सकिएको छ । उता पोखरेलको साउनमा उमेद हदका कारण स्वत अवकास हुने अबस्था छ । त्यो भन्दाअघि नै उनि आइजीपी बन्ने महत्वकांक्षा बोकेका छन् ।
प्रतिक्रिया