Logo

Breaking News 1

स्थानीय निर्वाचनमा अन्तर्घातको छानबिन गर्न माओवादीले बनायो तीन सदस्यीय समिति



काठमाडौं । गत स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानबिनका लागि नेकपा माओवादी केन्द्रले छानबिन समिति गठन गरेको छ ।

शनिबार बसेको पहिलो स्थायी कमिटी बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । माओवादीले टंक राईको अध्यक्षतामा समिति गठन गरेको हो । समितिमा टंक राई, मुक्ति प्रधान र खिमलाल देवकोटा रहेका छन् ।

त्यस्तै, पार्टीको विद्यार्थी संगठनमा समस्या देखिएकाले त्यसलाई समाधान गर्नका लागि पनि सुझाव समिति गठन गरेको छ । समितिमा पूर्व विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन् ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ११ : ५६ बजे