Logo

Breaking News 1

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार



काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे पश्चिमी जापानको नारा सहरमा भाषण दिने क्रममा ढलेपछि अस्पताल लगिएको छ । रोयटर्सका अनुसार उनको शरीरबाट रगत बगिरहेको थियो ।

आबे ढल्नुअघि बन्दुक पड्केको जस्तो आवाज सुनिएको र एक संदिग्ध पुरुषलाई पक्राउ गरेको एनएचकेले जनाएको छ ।

एनएचकेका सम्वाददाताका अनुसार आबेको भाषणका दौरान दुईपटक केही पड्केको आवाज सुनिएको थियो ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ९ : ०५ बजे