Logo

समाचार

बागलुङमा चट्याङ लागेर बृद्धाको मृत्यु



काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका-३ बस्ने ७६ वर्षीया नरमती घर्तीको चट्याङ लागेर बुधबार बेलुकी मृत्यु भएको छ ।

सोही गाउँपालिका-५ निसीडाँडास्थित बहिनीको घरमा बस्न गएकोमा चट्याङ लागेर अशक्त भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १ : ४८ बजे