Logo

Breaking News 1

बुढीगंगाको त्रिशक्ति मावि मतदान केन्द्रमा गोली चल्यो



काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा आज भइरहेको पुन मतदानमा पनि तनाव सिर्जना भएको छ ।

बुढीगंगा नगरपालिका-९ को त्रिशक्ति मावि मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडपको स्थिती सिर्जना भएको प्रहरीले जानकारी दिएको छ ।

स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । दुई पक्षीय तनावबीच केही समयलाई मतदान रोकिएको थियो । हवाई फायरपछि स्थिती नियन्त्रणमा आएको र अहिले फेरि मतदान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

बैशाख ३० गतेको निर्वाचनमा मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहरूले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १२ : ४६ बजे