Logo

Breaking News 1

केएमसी स्कुलमा कर्मचारीको मृत्यु प्रकरण: घटना छानबिनको माग गर्दै तोडफोड



काठमाडौं । काठमाडौँको बुद्धनगरस्थित काठमाडौँ मोडेल स्कुल (केएमसी) स्कुलमा तोडफोड भएको छ ।

स्कुलको क्यान्टिनमा काम गर्ने २१ वर्षीय कर्मचारी रमा रायमाझी झुण्डिएको अवस्थामा मृत भेटिएपछि तनाव उत्पन्न भएको हो ।

मृतकका आफन्तले स्कुल परिसरमा प्रदर्शन गर्दै तोडफोड समेत गरेका छन् ।

प्रदर्शन कारीको ढुंगाले लागेर स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ । बाक्लो संख्यामा प्रहरीको उपस्थिति रहेको छ ।

विगत डेढ वर्षदेखि काम गर्दै आएकी रमा शनिबार ग्राउण्ड फ्लोरमा रहेको होस्टलको कोठामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।

काभ्रे जिल्ला तेमाल गाउँपालिका ७ मेच्छे स्थायी घर भएकी रायमाझी विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म क्यान्टिनमा काम गर्थिन् ।

उनी शनिबार बेलुका ७ः३० बजेसम्म कोठामा नपुगेपछि आफ्न्तले खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १ : ३७ बजे