Logo

अर्थ

आइतबार सुनको मूल्य तोलामा ३ सयले बढ्यो



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ३ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजावी सुन तोलामा ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँ कारोबार भएको थियो ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ११ : ४० बजे