Logo

Breaking News 1

केपी ओली र बामदेव भेटवार्ता



काठमाडौं । एमालेबाट अलग भएपछि पहिलो पटक बामदेव गौतमले केपी ओलीसंग भेट गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक गौतम लामो समयसम्म एउटै पार्टीमा थिए । आज विहान ओली निवास पुगेर गौतमले ओलीलाई भेट गरेका हुन् ।

दुवै नेताबीच वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयास बारेमाा वार्ता भएको स्रोतले बतायो ।
नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा भंग भएर दुई पार्टी पूर्ववत अवस्थामा फर्किएपछि गौतम तटस्थ बसेका थिए ।

उनले फेरि पनि एकताको प्रयास गर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका छन् ।
अभियान अन्तर्गत नै गौतमले मंगलबार नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए ।

नयाँ दल घोषणापछि गौतमले ३ महिनासम्म एकताका लागि प्रयास गर्ने र एकता प्रयास सफल नभए नयाँ दल दर्ताको प्रक्रियामा जाने बताएका थिए । गौतमले यसपछि क्रमशः अन्य कम्युनिष्ट नेताहरुलाई पनि भेट गर्ने स्रोतले जनायो ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  १ : ५६ बजे