काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा अजरबैजान प्रस्थान गरेका छन्।
अजरबैजानको राजधानी बाकुमा हुने कार्यक्रममा भाग लिन सभामुख सापकोटा त्यसतर्फ गएका हुन् ।
अजरबैजानको संसदले आयोजना गरेको सम्मेलन असार १६ गतेदेखि १८ गतेसम्म चल्नेछ। सम्मेलनमा सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरूका संसदहरूबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्नेछन्।
सभामुख सापकोटाको टोलीमा सांसद पुष्पा भुसाल, राष्ट्रिय सभाका सांसद रामचन्द्र राई र सभामुखको स्वकीय सचिव गोविन्द पाठक रहेका छन्।
सभामुख सापकोटा असार १९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया